भदौ १६ बाट अन्तर्राष्ट्रिय हवाई उडान सुचारु गर्ने सरकारको निर्णय, खाडी मुलुकमा नियमित उडान नहुने

सरकारले भदौं १६ देखि अन्तराष्ट्रिय उडान गर्ने निर्णय गरेको छ। 

बिहिबार बसेको मन्त्रीपरिषको बैठकले विदेशमा रहेका नेपालीका लागि उडान अनुमति दिने निर्णय गरेको हो। 

संस्कृति पर्यटन तथा नागरिक उडड्न मन्त्रालयबाट गरिने उद्धार उडानमा दैनिक ५ सय भन्दा बढी यात्रू ल्याउन नपाइने निर्णय भएको छ। नियमित उडानमा कुटनीतिक नियोगका अधिकारी र अत्यावश्यक काम परेका नेपाली नियमित उडानमा आउन सक्नेछन्।  

तर बैठकले पीसीआर परीक्षण रिर्पोट नेगेटिभ आएकाेलाई मात्र स्वदेश फिर्ता गराउने निर्णय गरेकाे छ। पीसीआर टेष्ट नेगेटिभ आएको ७२ घण्टा अवधीका यात्रु मात्र विमानबाट आउन पाउने छन्। 

यता  पीसीआर टेष्ट नभएको मुलुकबाट भने यात्री ल्याउन नपाउने प्रावधान राखेको छ। अर्थात पीसीआर टेष्ट सहज नभएका देशहरु साउदी अरब, कुवेत, कतारबाट भने नियमित उडान नहुने भएको छ। 

कुटनीतिक नियोगको संयोजनमा चार्टर विमानबाट विदेशमा रहेका नेपाली स्वदेश फर्कन सक्ने र नेपाल आएपछि ७ दिन होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ। 

नेपालमा स्वास्थ्य परीक्षणपछि १४ दिन घरमा छुट्टै बस्नुपर्नेछ।  
 

प्रकाशित मिति: : 2020-08-21 19:44:53

प्रतिकृया दिनुहोस्