७ लाख ३८ हजारले गराए कोरोना बिमा, ४१ करोडभन्दा बढी प्रिमियम संकलन

लोकान्तर

काठमाडौँ
परिवर्तन देवकोटा

करीब ५ महिनाको अवधिमा कोरोना भाइरस (कोभिड– १९)को बिमा गराउनेको संख्या ७ लाख ३८ हजारभन्दा बढी नाघेको छ ।

बिमा कम्पनीहरूको नियामक निकाय बिमा समितिको तथ्यांकअनुसार बुधवार (भाद्र ३ गते) सम्ममा ७ लाख ३८ हजार ४ सय ५८ जनाको कोरोना बिमा भएको छ । 

कोरोना बिमालेख बिक्रीमार्फत बिमा कम्पनीहरूले हालसम्म ४१ करोडभन्दा बढीको प्रिमियम (बिमा शुल्क) संकलन गरेका छन् ।  

बुधवारसम्मको तथ्यांकमा ७८ हजार ८ सय ७१ बिमालेख बिक्री भएका छन्, जसबाट ४१ करोड ६२ लाख ७० हजार ९ सय ८२ रुपैयाँ संकलन भएको छ ।  

 

प्रकाशित मिति: : 2020-08-21 11:40:47

प्रतिकृया दिनुहोस्