भारतमा एकै दिन ६९ हजारभन्दा बढी कोरोना संक्रमित थपिए, ९ सय ७७ ले ज्यान गुमाए

भारतमा एकै दिन ६९ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन्।

 पछिल्लो २४ घण्टामा भारतमा ६९ हजार ६ सय ५२ जनामा संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएकाे छ। 

योसँगै भारतमा कोरोना संक्रमितको संख्या २८ लाख नाघेको छ। 

बिहीबार बिहानसम्म भारतमा कोरोना भाइरस संक्रमितको कुल संख्या २८ लाख ३६ हजार ९ सय २५ पुगेको छ।

 संक्रमितमध्ये २० लाख ९६ हजार ६ सय ६४ जना निको भइसकेका जनाइएको छ । भाइरसका कारण भारतमा हालसम्म ५३ हजार ८ सय ६६जनाको मृत्यु भइसकेको छ ।

पछिल्लाे २४ घण्टामा मात्रै ९ सय ७७ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन्। 

मन्त्रालयले अहिलेसम्म देशभरि ३ करोड १७ लाखभन्दा बढीमा परीक्षण गरिएको जनाएको छ।

संक्रमित संख्याका आधारमा भारत हाल विश्वकै तेस्रो स्थानमा छ ।

पछिल्लो समय भारतका उत्तर प्रदेश, बिहार, पश्चिम बंगाललगायत राज्यमा भाइरसको संक्रमण थप तीव्र बन्दै गएको छ ।

प्रकाशित मिति: : 2020-08-20 12:32:16

प्रतिकृया दिनुहोस्