निर्वाचन आयोगमा दर्ता भयाे नेकपा एमाले

नेकपा एमाले नामकाे पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। 

बुधबार दिउँसाे साे पार्टी दर्ता भएकाे आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। 'दल दर्ताका सबै प्रक्रिया पूरा गरेर आएपछि दर्ता गरिएकाे हाे' -उनले भने।

नेकपा एमालेकाे चुनाव चिन्ह उदाउँदो सूर्य रहेको श्रेष्ठले जानकारी दिए। नेपाल राजपत्रमा प्रकाशित गरेपछि दल दर्ताको प्रमाणपत्र दिइने पनि उनले बताए।

गत असार १२ मा दल दर्ताका लागि आवेदन परे पनि साे दल आज मात्र दर्ता भएकाे हाे। नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय छन्।

साे पार्टी दर्ताका लागि आयाेगमा निवेदन परेपछि नेकपाकाे स्थायी कमिटी बैठकमा समेत यसले चर्चा पाएकाे थियाे।

प्रकाशित मिति: : 2020-08-19 16:57:48

प्रतिकृया दिनुहोस्