नेपालीलाई एकताबद्ध गराउन घिमिरेको अतुलनीय योगदान छः मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाली साहित्यमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको अतुलनीय योगदान रहेको बताएका छन् । घिमिरेको निधनमा आज शोक वक्तव्य जारी गर्दै मुख्यमन्त्री पौडेलले राष्ट्रकवि घिमिरेले पुर्‍याउनुभएको योगदान सदैव स्मरणीय रहने बताएका छन् ।

मुख्यमन्त्री पौडेलले साहित्यका माध्यमले सम्पूर्ण नेपालीलाई एकताबद्ध गराउन तथा कविताका माध्यमबाट राष्ट्र र राष्ट्रियतासंँगै नेपाली मैलिकतालाई जीवन्त राख्न १०१ वर्षे जीवनकालमा  घिमिरेले अतुलनीय योगदान दिनुभएको जनाउँदै उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । 
 

प्रकाशित मिति: : 2020-08-18 23:39:44

प्रतिकृया दिनुहोस्