कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा बढी मृत्यु हुनेकाे सूचीमा भारत चौथो मुलुक बनेकाे छ।
जोन हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार भारतमा कोरोना भाइरस संक्रमणबाट मर्नेहरुको संख्या ५० हजार ९ सय २१ पुगेको छ।
भारतीय स्वास्थ्य मन्त्रालयले सोमबार प्रकाशित गरेको तथ्यांकअनुसार संक्रमित हुनेहरुमध्ये आधाजसोमा संक्रमण यही महिनाभित्र देखिएको हो।
भारतपछि सबैभन्दा बढी निधन हुनेहरुमा बेलायत रहेको छ। त्यहाँ ४६ हजार ७ सय ९१ जनाको मृत्यु भइसकेको छ।
अहिलेसम्म सबैभन्दा बढी अमेरिकामा १ लाख ७३ हजार ७ सय १० जना, ब्राजिलमा १ लाख ८ हजार ६ सय ५४ जना र मेक्सिकोमा ५६ हजार ७ सय ५७ जनाको निघन भइसकेको छ।
यता सबैभन्दा बढी संक्रमित हुनेहरुमा भारत तेस्रो नम्बरमा आउँछ।
अमेरिका र ब्राजिलपछि सबैभन्दा बढी संक्रमित २७ लाख १ हजार ६०४ जना भारतमा छन्।
भारतभन्दा पनि बढी संक्रमित अमेरिकामा ५४ लाख १४ हजार ३ सय ८१ जना र ब्राजिलमा ३३ लाख ४० हजार १ सय ९७ जना छन्।