विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी जोखिम दाँतको डाक्टर हुने बताएको छ। यसै कारण उसले दाँतको डाक्टरहरूका लागि एउटा निर्देशिका समेत जारी गरेको छ।
जसअनुसार उसले कोरोना संक्रमितको संख्या नघट्दासम्म दाँतको चेकअप र मुखको उपचार गर्नबाट जोगिन अपील गरेको छ।
डब्ल्यूएचओले आवश्यक सल्यक्रियाबाहेक सामान्य उपचारबाट जोगिन चिकित्सकहरूलाई चेतावनी पनि दिएको छ। ‘महामारीको बेला आफ्नो ज्यानको सुरक्षा आफैले गर्नुपर्छ,’ उसले भनेको छ।
डब्ल्यूएचओले इमरर्जेन्सी पर्दा फोन वा भिडियो कन्फ्रेन्सिङबाट सल्लाह दिन अनुरोध गरेको छ। ‘टेलिकम्युनिकेसनबाट कोरोना सर्ने समस्याबाट जोगिन सकिन्छ,’ उसले भनेको छ।
डब्ल्यूएचओले स्वास्थ्यकर्मी उसैपनि संक्रमणको उच्च जोखिममा हुने बताएको छ। उसले दाँतको क्लिनिक, अस्पताल, सार्वजनिक यातायात र कम हावा आउने बिल्डिङमा कोरोना फैलिने सम्भावना बलियो हुने गरेको जानकारी दिएको छ।
डब्ल्यूएचओले मुखको स्वास्थ्यकर्मी लामो समयदेखि कोरोना संक्रमितको सम्पर्कमा हुने सम्भावना बलियो रहेको बताएको छ। त्यसैले उसले उपचार गर्दा बिरामीको थुकबाट जोगिन आग्रह गरेको छ।
दाँतको क्लिनिकमा तीन वटा तरिकाले कोरोना फैलिन सक्छ। पहिलो तरिका खोक्ने र छिऊबाट फैलिन सक्छ। दोस्रो– बिरामीको आँखा, नाक र मुखको तरल पदार्थबाट। तेस्रो– संक्रमित भएको ठाउँमा छुँदा तथा यसको सम्पर्कमा आउँदा सर्न सक्छ।
दाँतको डाक्टरहरूले ‘एयरोसोल जनरेटिङ प्रोसिजर’ को प्रयोग गर्ने गर्छन। यसले कोरोनाको भाइरस संक्रमित हुने सम्भावना बलियो हुन्छ।
डब्ल्यूएचओले मुखमा संक्रमण देखिएको खण्डमा, सुनिएको खण्डमा र औषधिबाट दुख्न बन्द नभएको खण्डमा वा लामो समयदेखि रक्तस्राब भइरहेको खण्डमा मात्र बिरामीको उपचार गर्न निर्देशन दिएको छ। उसले सामान्य समस्यामा अहिले उपचार नगर्न आग्रह गरेको छ।