विराटनगर महानगरपालिकामा थप २५ जना कोरोनाभाइरस कोभिड १९ का संक्रमित थप भएका छन्।
महानगरपालिका जनस्वास्थ्य महाशाखाका अनुसार शनिबार रातीको पीसीआर रिपोर्ट अनुसार ८ महिलासहित १७ पुरुषमा संक्रमण पुष्टि भएको हो।
महाशाखाका प्रमुख रमेश कार्कीका अनुसार संक्रमितहरुमा ८ वर्षका बालकदेखि ६६ वर्षीया महिलासम्म रहेका छन्। यसक्रममा महानगरपालिकाको वडा नम्बर ३ र ६ बाट समान ५ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको उनले बताए।
त्यसैगरि, वडा ९ र १६ बाट समान ३ जना, वडा नम्बर ५ र १७ मा २, वडानम्बर १, ८, ११, १३, १५ बाट समान १ जनामा संक्रमण पुष्टि भएको छ।
यससँगै महानगरपालिकामा संक्रमितको संख्या ४ सय ६७ पुगेको छ। महानगरका ७६ जना संक्रमित निको भएर घर फर्किसकेको जनाएको महानगरपालिकाले संक्रमण फैलिन नदिन भाद्र ५ गतेसम्म लकडाउन कायम राखेको छ।
कोरोनाभाइरस संक्रमणका कारण महानगरपालिकाका ६ जनाको मृत्यु भइसकेको छ।