नेपालमा काेराेना संक्रमणबाट थप ४ जनाकाे मृत्यु, मृतककाे संख्या ९५ पुग्याे

फाइल तस्वीर

नेपालमा काेराेना भाइरस संक्रमणबाट थप ४ जनाकाे मृत्यु भएकाे छ। स्वास्थ्य मन्त्रालयका अनुसार महाेतरी, धनुषा, अछाम र माेरङमा एक एक जनाकाे मृत्यु भएकाे हाे। 

महाेतरी जिल्ला मटिनहा नगरपालिका ५ का ४५ वर्षीय पुरुषकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ।

साउन २५ गते रामजानकी अस्पतालमा उपचारकाे क्रममा काेरेान संक्रमणबाट मृत्यु भएकाे हाे।

उनी क्षयराेग र मधुमेहबाट ग्रसित थिए।

यता धनुषा जिल्लाकाे मिथिला नगरपालिका ७ ढल्केबरका ८५ वर्षीया महिलाकाे पनि मृत्यु भएकाे छ। उनकाे बिपी काेइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान धरानमा साउन २८ गते उपचारकाे क्रममा निधन भएकाे हाे। 

यता अछाम जिल्ला रामाराेशन गाउँपालिका ५ निवासी १८ वर्षीय युवककाे पनि मृत्यु भएकाे छ। उनकाे पाटन अस्पताल ललितपुरमा साउन २८ गते मृत्यु भएकाे हाे। 

उनी मुटु राेगी हुन्।

यस्तै विराटनगरमा थप एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका ३ का ५७ वर्षका पुरुषको बुधबार मृत्यु भएको हो।

मृतक पुरुष नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्राविधिक हुन्।

सोमबार कोशी अस्पताल हुँदै कोभिड– १९ उपचार केन्द्रमा भर्ना गरिएको थियो। उनलाई सोमबार कोरोना पोजेटिभ देखिएको थियो। 

उपचारको क्रममा बुधबार बेलुका ४ बजे मृत्यु भएको हाे।

उनमा मधुमेह तथा उच्च रक्तचापको साथै श्वासप्रश्वासमा समस्या थियो। बुधबार बिहानसम्म उनको अवस्था सामान्य थियो। तर दिउँसो अवस्था गम्भीर भएको थियो।

याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ९५ पुगेकाे छ।  मृतकमध्ये ७३ जना पुरुष र २२ जना महिला छन्।

काठमाडौंका १२७ सहित थप ५२५ संक्रमित थपिए, थप ४ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकाका १२७ सहित थप ५२५ संक्रमित थपिएका छन्। मुलुकभरका विभिन्न ३८ प्रयोगशालामा गरिएको १०,८५९ वटा पीसीआर परीक्षणमा ५२५ जना संक्रमित थपिएका हुन्।

यो सहित मुलुकभर संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। 

योसहित नेपालमा हालसम्म १६ हजार ८३७ उपचारपछि निको भएका छन्।  हाल १४ हजार ७ सय ६९ जना क्वारेन्टाइनमा छन्। 

हालसम्म ४८३,०३८ जनाबाट सङ्कलित नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

विगत २४ घण्टामा थप चार जना मृतकमा कोरोना पुष्टि भएको गौतमले जानकारी दिए।

प्रकाशित मिति: : 2020-08-13 16:57:17

प्रतिकृया दिनुहोस्