रौतहटको चन्द्ररपुरमा थप ५ जनामा कोरोना संक्रमण

रौतहटको चन्द्ररपुर नगरपालिकामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

११७ जनाको स्वाब संकलन गरेर हेटौडा प्रयोगशालामा पठाइएकोमा पाँचजनाको रिपोर्ट पोजेटिभ आएको चन्द्रपुर अस्पतालका जनस्वास्थ्य निरीक्षक मात्रिका चालिसे बताए। 

चन्द्रपुर नगरपालिकामा पुष्टि भएकामध्ये तीनजना कन्ट्याक्ट ट्रेसिङ्गका क्रममा पत्ता लागेको चन्द्रपुर अस्पतालले जनाएको छ।

संक्रमण पुष्टि भएकाहरुको कन्ट्याक्ट ट्रेसिङ्गको काम सुरु भएको र संक्रमितहरुलाई चन्द्रपुरमा रहेको आइसोलेसनमा राखिने चालिसेले बताए।
 

प्रकाशित मिति: : 2020-08-12 16:12:55

प्रतिकृया दिनुहोस्