बालुवाटारमा मन्त्रिपरिषदको बैठक जारी

बालुवाटारमा मन्त्रिपरिषदको बैठक जारी छ। 

मन्त्रिपरिषद बैठकले कोरोना भाइरससम्बन्धी महत्वपूर्ण छलफलपछि निर्णय गर्नसक्ने बुझिएको छ।

यसअघि सरकारले भदौ १ गतेबाट हवाई उडान र लामो तथा छोटो दुरीका सार्वजनिक यातायात खेल्ने निर्णय गरेको थियो। 

तर,पछिल्लो पटक कोरोना भाइरस संक्रमण बढ्न पुगेपछि कोभिड १९ क्राइसिस मेनेजमेन्ट सेन्टरले उक्त निर्णय कार्यान्वयनका लागि १५ दिन पछि सार्न सुझाव दिइसकेको छ। 

त्यस्तै भदौ १ बाटै विद्यालय भर्ना लगायतका कार्यक्रम पनि एक महिना पछि सार्ने बारेमा छलफल भएकाले त्यसबारे समेत मन्त्रिपरिषद बैठकले निर्णय गर्नसक्ने एक मन्त्रीको भनाई छ।

सरकारले लकडाउन खुला गरेसँगै संक्रमण बढ्दै जान थालेकाले विज्ञहरुले पुन लकडाउन गर्न सुझाव दिँदैआएका छन्।
 

प्रकाशित मिति: : 2020-08-10 19:29:15

प्रतिकृया दिनुहोस्