बाँकेमा सञ्चारकर्मी र जनप्रतिनिधिसहित २८ जना काेराेना संक्रमण

बाँकेमा बिहीबार २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

भेरी मै गरिएको परीक्षणमा बर्दियाका १४ जनामा पनि कोरोना पुष्टि भएको छ।  भेरी अस्पताल नेपालगञ्जका अनुसार संक्रमित चिकित्सक, प्रहरी, जनप्रतिनिधि, कर्मचारी देखि सरसफाईकर्मीसम्म रहेका छन्।  

ती मध्ये २० जना नेपालगञ्ज उपमहानगरपालिकाका हुन् भने ३ जना खजुरा गाउँपालिका स्थानीय रहेका हुन्।  

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बिहिबार पुष्टि भएका संक्रमित यसअघि भेटिएकाहरुको कन्ट्रयाक्ट ट्रेसिङ गर्दा भेटिएका हुन्। 

अन्य संक्रमित मध्ये जिससका कर्मचारी, एक सञ्चारकर्मी तथा वडाका कर्मचारी लगायत रहेको उनले जानकारी दिए।  

उनीहरु सबैलाई जिल्लास्थित विभिन्न क्वारेन्टाइनमा राखिने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। 

यता एकसाता यता निरन्तर कोरोना संक्रमित बढिरहेका कारण लागु गरिएको निषेधाज्ञा जारी छ। 

बिहिबार नै निषेधाज्ञा उल्लंघन गर्ने २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

प्रकाशित मिति: : 2020-08-06 19:21:58

प्रतिकृया दिनुहोस्