भारतीय महावाणिज्य दूतावासका कर्मचारीलाई काेराेना संक्रमण

वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका कर्मचारीलाई काेराेना भाइरसकाे संक्रमण देखिएको छ।

दूतावासका एक जना ३० वर्षीय पुरुष कर्मचारीको कोरोना रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालले जनाएकाे छ। कर्मचारीमा कोरोना देखिएपछि दूतावासमा सतर्कता अपनाइएको छ।

दूतावासका कर्मचारीसँगै बिहीबार वीरगञ्जमा ३७ पुरुषसहित ४३ जनामा कोरोना संक्रमण देखिएको छ।

वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा भएको परीक्षणमा बाराका दुई र पर्साका ४१ जनामा कोरोना संक्रमण देखिएको हो। 

पर्साका ४१ जना मध्ये ३९ जना वीरगञ्जमा बसोबास गर्ने गरेका छन्।  

संक्रमितहरु ७ वर्षदेखि ७३ वर्ष उमेर समूहका छन्। चिकित्सक, सैनिक, नेता, शिक्षक, अस्पतालका कर्मचारी, बैंकका कर्मचारी, लायन्स क्लबका पदाधिकारीसम्म काेराे‍ना संक्रमण देखिएकाे छ।

प्रकाशित मिति: : 2020-08-06 12:54:59

प्रतिकृया दिनुहोस्