विराटनगर महानगरपालिकाका थप १३ जनामा कोरोना संक्रमण

विराटनगर महानगरपालिकामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीका अनुसार पाँच महिला र ८ पुरुषमा संक्रमण देखिएको हो। उनीहरुकाे रिपाेर्ट बुधबार राति आएकाे थियाे।

संक्रमित हुनेहरु महानगरपालिकाको वडा नम्बर २, ६, ७, ८, १०, ११, र १३ का हुन्। 

याेसँगै महानगरपालिकामा संक्रमितको संख्या १ सय ८३ पुगेको छ। त्यसमध्ये ४२ जना भने संक्रमण मुक्त भएर घर फर्किसकेका छन्। महानगरपालिका भित्र वडा नम्बर ५ र ९ का दुईजना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित मिति: : 2020-08-06 08:11:07

प्रतिकृया दिनुहोस्