सप्तरीमा मृत्यु भएका तीनमध्ये एक जनामा कोरोना संक्रमण पुष्टि

सप्तरीमा बुधबार मृत्यु भएका तीन जनामध्ये एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। दुई जनाको रिपोर्ट भने नेगेटिभ आएको छ।

रुपनी गाउँपालिका ५ स्थित गढियाका ४५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए।

उनी मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका थिए। 

मंगलबार साँझ ज्वरो आउनुका साथै श्वासप्रश्वासमा कठिनाई भएपछि उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज भर्ना गरिएको थियो।

थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको थियो। तर बाटोमै मृत्यु भएकाे हाे। मृत्युपछि स्वाब संकलन गरी जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले बताए।

यता राजविराजस्थित छिन्नमस्तामा पनि उस्तै प्रकृतिकाे दुई जनाकाे मृत्यु भएकाे छ। श्वास फेर्न गाह्रो भएपछिडाक्नेश्वरी नगरपालिका ९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका ७१ वर्षीय वृद्धलाई साउन १५ गते उपचार लागि अस्पताल भर्ना गरिएकाे थियाे।  

उनीहरुमा भने कोरोना संक्रमण देखिएन। 

प्रकाशित मिति: : 2020-08-06 07:35:48

प्रतिकृया दिनुहोस्