मोरङमा बुधबार थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ।
मृत्यु हुनेमा विराटनगर ९ गुद्रि र रंगेली ८ का पुरुष छन्। दुवैजना ४५ वर्षीय हुन्।
स्वासप्रश्वासको समस्या भएका विराटनगरका पुरुषको कोसी अस्पतालमा र रंगेलीका पुरुषको अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले बताए।
स्वाब परीक्षणका क्रममा उनीहरुमा कोराेना संक्रमण देखिएको सुपरिटेन्डेन्ट डा. दासले बताए। गुद्रिका ती पुरुष मधुमेह र लिभर सम्बन्धी रोगबाट पीडित रहेका थिए। यता रंगेलीका पुरुषको अस्पतालमा ल्याउँदै मृत्युको भएकाे सुपरिटेन्डेन्ट डा.दासले बताए।
स्थानीहरुका अनुसार रंगेलीका ती पुरुषले हिजाे दिनभर माछा मारेका थिए र बेलुका रक्सि पिएर सुतेका थिए। राति नै स्वास्थ्यमा समस्या आएपछि काेशी अस्पताल लगिएकाे थियाे।
योसँगै मोरङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ। यसअघि मोरङमा विरानटनगर ५ का वृद्ध र सुनवर्षीका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।