पर्साका १५१, काठमाडौंका ६२ सहित देशभर ३८१ जना संक्रमित, थप २ को मृत्यु

पछिल्लो २४ घन्टामा नेपालमा विभिन्न प्रयोगशालामा गरिएको ६३५९ परीक्षणमा थप ३८१ जनामा कोभिड-१९ पुष्टि भएको छ। यस्तै थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

सङ्क्रमितमध्ये १५१ जना पर्सा र ६२ जना काठमाडौं उपत्यकाका छन्। योसँगै अहिलेसम्म देशभरि सङ्क्रमितको कुल सङ्ख्या २१ हजार ३ सय ९० पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्लो २४ घन्टामा १३० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यो सँगै १५ हजार १ सय ५६ जना अर्थात ७०.९ प्रतिशत संक्रमित निको भएका छन्।

प्रदेश नम्बर १ मा ९ सय १६, प्रदेश नम्बर २ मा ३ हजार २ सय १२, बागमती प्रदेशमा ५ सय ४३ र गण्डकी प्रदेशमा १ हजार ३ सय ६२ जना संक्रमित डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ८८, कर्णाली प्रदेशमा १, हजार ७ सय ४४ र सुदूरपश्चिम प्रदेशमा ३ हजार २ सय ९१ जना संक्रमणमुक्त भएका छन ।

अहिले सक्रिय सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या ६ हजार १ सय ७४ जना छ। जसमध्ये प्रदेश २ मा सर्वाधिक २ हजार ६ सय २२ जना छन् भने सुदूरपश्चिम प्रदेशमा १५५१ जना उपचारत छन्।

यस्तै प्रदेश १ मा ३१२ जना, बागमति प्रदेशमा ७८५ जना, गण्डकी प्रदेशमा २७२ जना, प्रदेश ५ मा ३४० जना, कर्णाली प्रदेशमा  २९२ जना संक्रमित उपचार गराइरहेका छन्।

थप २ जनाको मृत्यु
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा थप २ जनाको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा पर्साको पोखरिया ९ का १८ वर्षीया किशोरी र वीरगञ्ज ५ का ४६ वर्षीय पुरुष रहेका छन्।  

साउन १९ गते झाडापाखालाबाट ग्रस्त किरोशीलाई उपचारका लागि नेशनल मेडिकल कलेज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । उनको स्वाव संकलन गरी परीक्षण गर्दा कोभिड पोजेटिभ देखिएको उनले बताए । यस्तै वीरगञ्ज ५ का ४६ का पुरुषको साउन २१ गते अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।  

केही वर्षदेखि मधुमेहका रोगी ती पुरुष ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । १९ गते स्वाव संकलन गरिएकोमा त्यही दिन कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भए पनि उनको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

क्वारेन्टाइनमा ९९२५ जना
बुधबार देशभरीका क्वारेन्टिनमा ९ हजार ९ सय २५ जना रहेका छन । प्रदेश नम्बर १ मा १ हजार ५ सय ८२, प्रदेश नम्बर २ मा १ हजार २ सय ११, बागमती प्रदेशमा ७ सय ९८ र गण्डकी प्रदेशमा २ हजार ६ सय ३३ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ३ सय ८९, कर्णाली प्रदेशमा ४ सय ६३ र सुदूरपश्चिम प्रदेशमा १ हजा ८ सय ४४ जना रहेका छन । 

चार लाख बढीको परीक्षण

विगत २४ घण्टामा पीसीआर विधिबाट ६,३५९ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ। अहिलेसम्म गरिएको पीसीआर परीक्षणको सङ्ख्या चार लाख १२ हजार ९ सय ५३ पुगेको छ।

बुधबार उपत्यकामा थप ६२ जनामा कोरोना पुष्टि

बुधबार उपत्यकामा थप ६२ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपत्यकामा मात्रै ६२ जना कोरोना संक्रमित थपिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ मार्फत दिएको जानकारी अनुसार उपत्यकामा ६२ जना थपिएसँगै कोरोना संक्रमितको संख्या ७८९ पुगेको छ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये काठमाडौंका ५७ जना र ललितपुरका ५ जनामा कोरोना संक्रमण देखिएको हो। बुधबार भक्तपुरमा संक्रमित भेटिएका छैनन्।

भेटिएका संक्रमितहरू राष्ट्रिय प्रयोगशाला टेकु, शुक्रराज ट्रपिकल हस्पिटल टेकु, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, स्टार अस्पताल ललितपुर, शिक्षण अस्ताल महाराजगञ्ज, पाटन अस्पताल र कोरिया नेपाल मैत्री अस्पताल भक्तपुरमा भेटिएका हुन्।

यससँगै उपत्यकाका जिल्लाहरू काठमाडौंमा मात्रै ५९८ जना, ललितपुरमा ११४ जना र भक्तपुरमा ७७  जना कोरोना संक्रमित पुगेका छन्।

बन्दाबन्दी खुकुलो भएसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्ला दिनहरूमा काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या बढिरहेको देखिएको हो। उपत्यकामा करीब एक महीनाको अन्तरमा कोरोनाका सक्रिय संक्रमितको संख्या झण्डै पाँच गुणाले बढेको देखिएको छ।

सरकारले कोरोना संक्रमित बढ्न थालेपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरेको छ भने साँझ ७ बजेदेखि बिहान ७ बजेसम्मको आवागमनलाई बन्द गराएको छ।

प्रकाशित मिति: : 2020-08-05 16:43:23

प्रतिकृया दिनुहोस्