अख्तियारको केन्द्रीय कार्यालयका १५ जनामा कोरोना संक्रमण

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा  कार्यरत १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

 १ सय ८० जनाको स्वाब परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको आयोगका जनसम्पर्क तथा सञ्चार विज्ञ शरद अधिकारीले जानकारी दिए।

उनका अनुसार संक्रमण देखिएकामध्ये १४ प्रहरी र एक सिभिल ड्राइभर हुन्। 

‘प्रहरी प्रधान कार्यालयबाट काजमा आयोग आएका एक जना सईलाई ज्वरो आएको थियो। उनको परीक्षण गर्दा गत बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो,’ अधिकारीले भने।

प्रहरीमा कोरोना देखिएपछि आइतबार बिहान कार्यालयमै प्रमुख आयुक्त नवीन घिमिरेसहितको स्वाब संकलन गरिएको थियो। तर प्रमुख आयुक्तसहित अन्य पदाधिकारीहरूको रिपोर्ट नेगेटिभ आएको छ।
 

प्रकाशित मिति: : 2020-08-04 13:41:34

प्रतिकृया दिनुहोस्