विराटनगर महानगरपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार साँझ विराटनगरको म्याक्स अस्पतालका २ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले संक्रमितमध्ये ३० वर्षीया संक्रमित महिला विराटनगर-१५ की हुन् । अर्का संक्रमित पुरुषको भने ठेगाना खुल्न सकेको छैन ।
म्याक्स इन्टरनेशनल अस्पतालले भने अस्पतालका कर्मचारीलाई कोरोना संक्रमण नदेखिएको दाबी गरेको छ ।
अस्पतालले उपचारका लागि आएका १ बिरामीमा संक्रमण देखिएको बताएको छ ।
योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ९७ पुगेको छ । संक्रमितमध्ये ३० जना उपचारपछि डिस्चार्ज भएका छन् ।
१ सातायता विराटनगरमा ६० भन्दाबढी कोरोना संक्रमित थपिएका छन् । विराटनगरमा देखिएका अधिकांश नयाँ संक्रमितको ट्राभल हिस्ट्री छैन ।