गृह मन्त्रालयले रातको समयमा काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ ।
मन्त्रालयले १५ साउनबाटै लागू हुने गरी साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेश नाकामा यात्रु आवागमनमा रोक लगाएको हो ।
स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले बिहीबार दिएकाे जानकारी अनुसार उपत्यका बाहिरबाट आएका यात्रुहरुको स्वाब संकलन गरेर परीक्षण गर्दा २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे थियाे। याे घटना लगतै मन्त्रालयले उपत्यका प्रवेशमा कडाई गरेकाे हाे।
मन्त्रालयले नाकाहरुको आवागमनमा पूर्ण निगरानीका साथ चेकजाँच गर्न र विना पास अन्तर जिल्ला सवारी आवागमन पूर्ण रुपमा बन्द गराउन सबै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।