भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १५ लाख नाघेको छ।
अहिलेसम्म भारतमा कोरोना भाइरसका संक्रमितको संख्या १५ लाख ३१ हजार ६६९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। भारतमा पछिल्लो २४ घण्टामा मात्र ४८ हजार ५१३ नयाँ संक्रमित थपिएका हुन्।
त्यस्तै भारतमा कोरोनाको कारण मृत्यु हुनेको संख्या पनि ३४ हजार १९३ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाको कारण ७६८ जनाको मृत्यु भएको हो।
संक्रमित संख्याको आधारमा भारतको महाराष्ट्र, तामिलनाडु र दिल्ली सबैभन्दा प्रभावित देखिएका छन्।
अहिलेसम्म भारतमा कोरोनाका नौ लाख ८८ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन्।