गण्डकी प्रदेशका मंगलबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशका स्याङ्जा र बाग्लुङका ३१ जनामा संक्रमण पुष्टि भएको हाे।
थपिएका संक्रमितमध्ये स्वाङ्जा अर्जुजचाैपारी गाउँपालिकाका २५,२७,३३ र ३५ वर्षका ४ पुरुष यस्तै वालिङका २७ वर्षीय पुरुषमा संक्रमण देखिएकाे छ।
यता पुतलिबजारका वर्ष २३ र ५७ का दुई महिलासहित १८ जना पुरुषमा संक्रमण पुष्टि भएकाे छ।
यस्तै बाग्लुङका थप ६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। जसमध्ये निखिखाेलाका वर्ष २६,२७, २८/२८ र ३५ का ५ पुरुष र बरेंङका एक ३३ वर्षीय पुरुष छन्।
सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारि भैरहेको छ।
याेसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४३० पुगेको छ।