कर्णालीमा मंगलबार थप चारजनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।
सुर्खेतस्थितप्रदेश अस्पताल/ पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पतालमा भएको परीक्षणबाट चारजनामा संक्रमण पुष्टि भएको हो।
थपिएका संक्रमितमध्ये ३ जना सुर्खेतको भेरीगंगा नगरपालिका २, ८ र ९ का २७/२७ वर्षीय पुरुष र दैलेखको नामुण्डा बिन्द्रासैनी नगरपालिका ७ का २२ वर्षीय पुरुष रहेकाे सामाजिक मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएकाे छ।
मंगलबार थपिएका चारजनासहित कर्णालीमा कोरोना संक्रमितको संख्या १९१४ पुगेको छ।
यहाँ डिस्चार्ज हुनेको संख्या १६६९ रहेको छ। मंगलबारमात्रै ११ जना डिस्चार्ज भएका छन्।
कर्णालीकाे आइसोलेसनमा २३९ जना रहेका छन् भने ६ जनाको मृत्यु भइसकेको छ।