स्याङ्जामा कोरोना संक्रमितकाे संख्या बढेसँगै अत्यावश्यकबाहेकका सेवा बन्द

कोरोना संक्रमितकाे संख्या बढेसँगै स्याङ्जामा अत्यावश्यकबाहेकका सेवा बन्द गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ। 

एसपीसहित जिल्ला प्रहरी कार्यालयमा कार्यरत १८ जना प्रहरी कर्मचारीलाई एकैपटक कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले मंगलबारदेखि १० दिनसम्म अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न अनुरोध गरेको हो।

कोरोना संक्रमण रोकथामका लागि अत्यावश्यक सेवा बाहेक आवतजावतमा पूर्णरुपमा बन्देज गरिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ। 

प्रहरी प्रमुखसहित सुरक्षाकर्मी जिल्लाको धेरै ठाउँमा पुगेको र उनीहरुको सम्पर्कमा धेरै मानिस आएकाले पनि पुतलीबजार धेरै जोखिम देखिएकाले समुदायमा संक्रमण फैलिन अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए। 

घरबाहिर निस्कन आवश्यक परेमा अनिवार्य रुपमा मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनका लागि प्रशासनले आग्रह गरेको छ। 

सीसीएमसीको निर्णयलाई अवज्ञा गर्ने जो कोहीलाई पनि संक्रामक रोग ऐन–२०२० अनुसार कारबाही हुने प्रजिअ क्षेत्रीले बताए। 

प्रकाशित मिति: : 2020-07-28 14:09:47

प्रतिकृया दिनुहोस्