थप १३९ जनामा कोरोना संक्रमण, ६२६ संक्रमित डिस्चार्ज

साेमबार नेपालमा थप १३९ जना कोरोनाका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा १३९ जना संक्रमित थपिएका हुन्।

याेसहित मुलुकभर कुल संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ।  

यसैगरी पछिल्लो २४ घण्टामा थप ६२६ जनाले कोरोना जितेको छन्। योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या १३ हजार ७५४ पुगेको छ। 

हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९९५ रहेको छ।  यस्तै पाँचथर,भोजपुर, संखुवासभा, रसुवा, मनाङ  र मुस्ताङ कोरोना संक्रमण मुक्त भएको छ।

काठमाडाैं उपत्यकामा थपिए ६ कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा उपत्यकामा ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ललितपुरमा ३ र काठमाडौंमा ३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। 

थप ३ काेराेना संक्रमितकाे मृत्यु

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार वीरगञ्ज, धनुषा र बारामा एक/एक जनाकाे मृत्यु भएकाे हाे। 

 मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका बस्‍ने ६५ वर्षीय भारतीय नागरिक छ्न्। कोरोना संक्रमणका कारण साउन ११ गते गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। उनी मुटु तथा मधुमेहका रोगी थिए।

यता धनुषा सहिद नगरपालिका ८ डुमरिया निवासी ३६ वर्षीय पुरुषको  मृत्यु भएको छ। ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भइ उनी साउन १० गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए। 

उनलाई थप उपचार का लागि विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजादै गर्दा साउन ११ गते बाटैमा मृत्यु भएको थियो।

यता बारा जिल्ला फेटा गाउँपालिकाका ६० वर्षीय पुरुषमाे मृत्यु भएकाे छ। उनको त्रिवि शिक्षण अस्प्तालमा उपचारका क्रममा साउन १२ गते मृत्यु भएको हो। उनी मिर्गौला, मष्तिष्कघात तथा निमोनियाबाट ग्रस्त थिए।

प्रकाशित मिति: : 2020-07-27 16:22:28

प्रतिकृया दिनुहोस्