नेपालसँग सीमा जोडिएको उत्तर प्रदेश र बिहार राज्यमा पछिल्लो २४ घण्टामा करिब ६ हजारको हाराहारीमा नयाँ संक्रमित फेला परेका छन्।
आइतबार उत्तर प्रदेशमा ३२ सय ६० तथा बिहारमा २६ सय ५ नयाँ संक्रमित फेला परेका हुन्। भारतमा हाल कोरोना संक्रमणको संख्या १३ लाख ९० हजारको हाराहारीमा पुगेका छन्।
शनिबार र आइतबारको बीचमा मात्र पुरै भारतमा थप ४८ हजार ९ सय १६ संक्रमित फेला परेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसमा ७ सय ५७ भन्दा बढीको निधन भएको थियो।
भारतमा हालसम्म कोरोनाको कारण मर्नेको संख्या ३२ हजार १ सय २८ पुगेको छ। उत्तर प्रदेशमा मात्र हालसम्म १४ सय २६ जनाको निधन भएको छ। यहाँ ६३ हजारको हाराहारीमा संक्रमित फेला परिसकेका छन्।
बिहारमा भने २ सय ३२ जनाको निधन भएको छ। बिहारमा हालसम्म ३६ हजार ३ सय १४ संक्रमित फेला परेका छन्।