कर्णालीमा थपिए २८ कोरोना संक्रमित

कर्णाली प्रदेशमा आइतबार थप २८ जनामा कोरोना भाइरसकाे संक्रमण देखिएकाे छ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा २८ जनामा संक्रमण पुष्टि भएको हो।

थपिएका संक्रमितमध्ये दैलेखका २५ जना र सुर्खेतका तीन जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए। योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १८७९ पुगेको छ।

यस्तै, कर्णालीमा आइतबार थप पाँच जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। 

यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १६४४ पुगेको छ। कर्णालीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। २२९ जना आइसोलेसनमा रहेका छन्।
 

प्रकाशित मिति: : 2020-07-26 16:18:28

प्रतिकृया दिनुहोस्