गण्डकी प्रदेशमा मंगलबार पुन: १६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।
क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणबाट १६ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिए।
उनका अनुसार थपिएका १६ जाना मध्ये ७ जना स्याङजाको पुतलीबजारका ७ जना रहेका छन्। तीमध्ये ३ जना नयाँ पुष्टि भएका हुने भने ४ जना यसअघि गणना हुन छुटेका गल्याङ र वालिङका हुन्।
यस्तै, लमजुङका राईनाश का ३ पुरुष, बेशीसहर, सुन्दरबजार र मध्यनेपालका ३ गरी ६ जना पुरुष रहेका छन्। अन्य ३ जना बागलुङको बागलुङ नगरपालिका र जैमिनीका रहेका छन्।
यता मंगलबार बिहानै मात्रै गण्डकीमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
म्याग्दी, बाग्लुङ र स्याङ्जामा तीन/ तीन जनामा कोरोना पोजेटिभ देखिएको हो। संक्रमित हुनेहरुमा २३, २४, २५, २५, ३१, ५५ र ५८ वर्षका पुरुष छन्।
यससँगै गण्डकीमा मंगलबार मात्रै २५ मा संक्रमण पुष्टि भएको छ भने जम्मा संक्रमित संख्या १३४५ पुगेको छ।