समाजवादको बाटोमा काँग्रेस सदैव क्रियाशील रहने छ : सभापति देउवा

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाले देखाएको लोकतान्त्रिक समाजवादको बाटोमा काँग्रेस सदैव क्रियाशील रहने उल्लेख गरेका छन्।

प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं काँग्रेसका संस्थापक नेता विपी कोइरालाको ३८औँ स्मृति दिवसका अवसरमा आज उनले विपीप्रति श्रद्धासुमन व्यक्त गर्दै लोकतान्त्रिक समाजवादको बाटो अँगालेर विकास, न्याय र समानताको बाटोमा काँग्रेस अग्रसर रहने बताएका छन्।

यसैगरी काँग्रेस महामन्त्री डा. शशाङ्‍क कोइरालाले विपीले नैतिकता बिनाको राजनीतिले कहीँकतै पुर्‍याउँदैन भन्ने गरेको स्मरण गर्दै राजनीतिमा पहिलो अनिवार्य योग्यता नै नैतिकता भएको उल्लेख गरेका छन्। 

उनले राष्ट्रियता र प्रजातन्त्र एक अर्काका पूरक भएको र राष्ट्र हित चाहने शक्ति एक भएर राष्ट्रियता र प्रजातन्त्रको संरक्षण गर्दै समाजवादमा विपीको विचार अझ फैलाउन उच्च नैतिकता र गम्भीरताका साथ अघि बढ्नु आजको आवश्यकता भएको बताए।

विपी राजनेता, कथाकार, उपन्यासकारका साथै कला साहित्य र सङ्‍गीतमासमेत लगाव भएको बहुआयामिक व्यक्तित्त्वका धनी थिए। उनले सदैव आफूभन्दा पार्टी, पार्टीभन्दा देशलाई महत्त्व दिने संस्कारको विकास गरेका थिए। काँग्रेसले आज देशैभर विभिन्न कार्यक्रम गरी विपीको ३८औँ स्मृति दिवस मनाइरहेको छ। रासस

 यो पनि हेर्नुहोस् 

विपीको ३८ औं पुण्यतिथि-३   विश्वले मानेको नेता 
प्रकाशित मिति: : 2020-07-21 11:52:29

प्रतिकृया दिनुहोस्