भारत अब कोरोनाको उच्च जोखिममा, अमेरिकाभन्दा बढी संक्रमित देखिदै

भारतमा पछिल्लो समय कोरोना संक्रमणको घटनाले नयाँ–नयाँ कीर्तिमान बनाउन थालेको छ। अहिले जुन तिब्रताका साथ भारतमा संक्रमितको संख्या बढ्दै गइरहेको छ, यसले अमेरिकालाई पनि उछिनेको छ। 

भारतीय अखबारहरूका अनुसार भारतमा दैनिक ३ दशमलव ६ प्रतिशतले कोरोनाका नयाँ संक्रमित फेला पर्न थालेका छन्। जुन विश्वकै उच्च मानिन्छ। सबैभन्दा बढी ३९ लाख संक्रमित फेला परेको अमेरिकामा संक्रमणको औसत १ दशमलव ८ प्रतिशत छ। 

पछिल्लो समय भारतमा संक्रमित दुई गुणाले बृद्धि हुन १९ दिन मात्र लागेको छ। गत महिना अगाडि यो तथ्यांक २५ दिनको थियो। हालसम्म भारतमा ११ लाख बढी संक्रमित देखिएका छन्। यस हिसाबले ८ अगस्टसम्म भारतमा संक्रमितको संखया २२ लाख पुग्न सक्ने अनुमान लगाइएको छ।

यही गतिमा संक्रमितको संख्या बढेको खण्डमा अगस्टको अन्त्यसम्म ४४ लाख पुग्ने दावी गरिएको छ। भारतमा १ जुलाईदेखि १९ जुलाईको बीच कूल ५ लाख ३७ हजार संक्रमित फेला परेका थिए। यसअघि यही संख्यामा संक्रमित भेटिदा ४ महिना लागेको थियो। ८ जुलाईसम्म संक्रमणको संख्या २५ हजार कटेको थिएन। तर, अहिले दैनिक ४० हजारको हाराहारीमा नयाँ संक्रमित फेला पर्न थालेका छन्।

प्रकाशित मिति: : 2020-07-21 08:50:53

प्रतिकृया दिनुहोस्