पर्सामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

 पर्सामा थप ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेहरुमा वीरगञ्जको त्रिजुद्ध माविको क्वारेन्टाइनमा रहेका एक, पर्साको पर्सागढी नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका एक र मारुती फर्मास्टियुकल्स प्रालीमा कार्यरत चार जना मजदुरहरु रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिए ।

संक्रमण पुष्टि भएका सातैजनालाई उपचारको लागि नारायणी अस्पताल मातहत रहेको अस्थायी कोभिड विशेष अस्पतालमा भर्ना गरिएको मेसु उपाध्यायले बताए ।

प्रकाशित मिति: : 2020-07-19 09:28:16

प्रतिकृया दिनुहोस्