पछिल्लो २४ घन्टामा नेपालमा थप १६७ जनामा कोरोना संक्रमण (भिडियाे)

पछिल्लो २४ घन्टामा नेपालमा थप १६७ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार बिहिबार अपरान्हसम्म देशभरका विभिन्न २७ वटा प्रयोगशालाबाट १६७ जनामा कोरोना संक्रमण देखिएको हो। यो सँगै हालसम्म कोरोना पोजेटिभ हुनेको कुल संख्या १७ हजार १७३४४ जना पुगेको छ।

यस्तै पछिल्लो २४ घन्टामा मुलुकका विभिन्न अस्पतालको आइसोलेशनमा उपचाररत २१३ जना डिस्चार्ज भएका छन्।

कुल बिरामीमध्ये ६४ दशमलव ८५ प्रतिशत बिरामी निको भएर घर फर्किएका छन् ।

यो सँगै कुल डिस्चार्ज हुनेको संख्या ११२४९ रहेको छ। अब ६०५६ जना उपचाररत छन्। ३९ जनाको मृत्यु भइसकेको छ।

भोजपुर, सङ्खुवासभा, मनाङ, मुस्ताङ र हुम्लामा सक्रिय सङ्क्रमित नरहेको मन्त्रालयले जनाएको छ । 
 

प्रकाशित मिति: : 2020-07-16 16:28:24

प्रतिकृया दिनुहोस्