थप ११६ जनामा संक्रमण पुष्टि, डिस्चार्ज हुनेको संख्या ११ हजार नाघ्यो

थप ६९७ जना कोरोना संक्रमित निको भए, डिस्चार्ज हुनेको संख्या ११ हजार नाघ्यो

नेपालमा पछिल्लो २४ घन्टामा ११७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले आज मुलुकभरका विभिन्न २६ प्रयोगशालामा गरिएको ५०९० परीक्षणबाट ११६ जना नयाँ संक्रमित फेला परेका हुन्।

यो सँगै नेपालमा कुल १७ हजार १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ६९७ जनामा कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या ११ हजार २५ पुगेको छ। ६४. २ प्रतिशत निको भएको जनाकारी दिए।

 

प्रकाशित मिति: : 2020-07-15 16:31:15

प्रतिकृया दिनुहोस्