कोरोनाले गति पकडेपछि हङकङमा डिज्नील्याण्ड बन्द

हङकङमा पुनः कोरोनाको प्रभाव देखिएपछि सरकारले सोशल डिस्टेन्सिङको नियमलाई कडाईका साथ लागु गरेको छ। 

यहाँ कोरोना तेस्रो चरणमा प्रवेश गरेको आशंका गरिएको छ। यसैले डिजनील्याण्ड जसता मनोरञ्जनात्मक पार्कहरू पुनः बन्द गर्ने घोषणा भएको छ। 

गत महिना मात्र डिज्नी खोल्ने निर्णय सरकारले गरेको थियो। पछिल्लो एक सातायता हङकङमा २ सय ३६ नयाँ संक्रमित फेला परेका छन्। सोमबार मात्र ५२ नयाँ संक्रमित भेटिएका थिए। यसमा ४१ जना बाहिरबाट आएको र ११ जना देशभित्र रहेका नागरिकमा सरेको बताइएको छ। 

कोरोनाका कारण हङकङमा ८ जनाको मात्र निधन भएको छ। अहिलेसम्म यहाँ १५ सय ७० जना संक्रमित भएका छन्। मंगलबारयता थप ४८ नयाँ संक्रमित थपिएका छन्।

प्रकाशित मिति: : 2020-07-15 16:22:46

प्रतिकृया दिनुहोस्