बेरोजगारी बढ्ने भन्दै अस्ट्रेलियाले मानेन ‘लकडाउन’ गर्न

अस्ट्रेलियामा कोरोनाको प्रभाव दोस्रो चरणमा प्रवेश गरेको छ। तर, प्रधानमन्त्री स्कट मोरिसनले ‘लकडाउन’ नगर्ने स्पष्ट पारेका छन्। 

उनले मंगलबार यसको जानकारी दिँदै भने, ‘दोस्रो चरणमा लकडाउन गरिएको खण्डमा बेरोजगारी बढ्ने छ। लकडाउन गर्नु उपयुक्त हुँदैन। जबसम्म अस्ट्रेलियामा अन्य देशबाट मेडिकल सामान आउँदैन संक्रमणलाई नस्ट गर्न सकिन्न।’ 

त्यहाँकाे सरकारले यसअगाडि नै कोरोना भाइरसका कारण सिथिल बनेको अर्थ व्यवस्थालाई उकास्ने योजना अन्तरगत सबैभन्दा बढी जनसंख्या भएको न्यू साउथ वेल्स राज्यले घरेलु यात्रा खुकुलो पार्ने पारिसकेकाे छ।

सरकारले आगामी महिनाबाट राज्यका नागरिकलाई राज्यसीमाभित्र घुमफिरका लागि छुट दिने पनि घाेषणा गरिसकेकाे छ। छुट अन्तरगत आर्ट ग्यालरी र म्यूजियमहरू पुनः खुल्नेछन्।

तर अधिकारीले अझै सामाजिक दुरीका केही प्रावधानहरूलाई पालना गर्नुपर्ने बताउँदै आएका छन्।

२५ मिलियन जनसंख्या भएको अस्ट्रेलियामा हालसम्म १९ हजार बढीमा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ भने ७ सय बढीले ज्यान गुमाएका छन्।

प्रकाशित मिति: : 2020-07-15 13:05:05

प्रतिकृया दिनुहोस्