गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा मंगलबार थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा गण्डकीका ५ जिल्लामा २५ नयाँ कोरोना संक्रमित थपिएका हुन्। 

निर्देशनालयका अनुसार संक्रमण पुष्टि हुनेमा म्याग्दीका ९ जना छन्। यता तनहुँका ३, नवलपरासी (वर्दघाट सुस्ता पूर्व) ११, गाेरखा र कास्कीका ११ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।

संक्रमित सबै सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा रहेको र जिल्लाको आइसोलेसन वार्डमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिएका छन्।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या मंगलबारसम्म १२२८ पुगेको छ भने १२५ जना निकाे भएर डिस्चार्ज भएका छन्।  गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ छ। 

प्रकाशित मिति: : 2020-07-15 10:37:09

प्रतिकृया दिनुहोस्