अवैध सुन ल्याएर राजश्व चुहावट गरेको अभियोगमा पक्राउ

राजश्व अनुसन्धान विभागले अवैध सुन चोरी–पैठारी गरी राजश्व चुहावट गरेको अभियोगमाा भैरहवाको गल्ला मण्डीस्थित सोनी ज्वेलर्सका सञ्चालक सुनिल सुनारलाई सहयोगीसहित पक्राउ गरेको छ । 

उनीहरुले अवैध रुपमा रु ९९ लाख पाँच हजार बराबर नगद तथा कागजातसमेत बरामद गरी अनुसन्धान कार्य शुरु गरिएको विभागले जनाएको छ । 

विभागलाई प्राप्त सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको विभागले जनाएको छ । 

प्रकाशित मिति: : 2020-07-15 06:16:23

प्रतिकृया दिनुहोस्