नेपालमा अड्किएका भूपू गोर्खालाई बेलायत फर्काउने वातावरण बनाउन सरकारसमक्ष गेसोको आग्रह

सन् २०२० मानवजातिको लागि सुखद् सुरूवात रहेन। वर्षको सुरूदेखिनै विश्व जगतले कोरोना महामारी ‍सामना गर्नुपर्यो । कोभिड-१९ का कारण विश्व आक्रान्त छ।

नेपाल सरकारले भाइरस रोकथाम तथा नियन्त्रणका लागि चैत ११ देखि लकडाउन सुरु गरेको थियो। अन्तर्राष्ट्रिय विमानमा रोक लगाएसँगै नेपालमा छुट्टि मनाउन आएका गोर्खा सैनिक र तिनका परिवार विगत ४ महिनादेखि अड्केर बस्न बाध्य भएको छ।

बेलायत सरकारको अध्यागमन नियम अनुसार २८ दिन भित्र फर्किसक्नु पर्ने हुन्छ। यो नियमले गोर्खा परिवार मारमा परेको गेसोका अध्यक्ष कृष्ण कुमार राईले बताए।

प्रत्येक वर्ष सयौं भुपु गोर्खा सैनिक र तिनका परिवार आफ्नो मातृभूमि घुम्न आउने गरेका छन्। तिनीहरू इष्टमित्र भेटघाट, आफ्ना घर ब्यवहार मिलाउन र स्वदेशको मायाले कम्तिमा एकचोटी आउने गरेका छन्।

बेलायत सरकारको ३ महिना भित्र फर्किसक्ने नियमले गोर्खा वृद्धाले दुःख पाएको छँदै छ, झन यसपल्ट कोरोनाको मार खेप्न परेकोले उनहरू थप चिन्तामा परेका छन्।

‘विगत ४ महिनासम्म सबै अन्तर्राराष्ट्रिय उडानहरु बन्द भएकोले उनीहरूलाई चिन्ताले सताएको छ, वृद्ध वृद्धा मानसिक पीडामा छन्’, सभापति राईले भने, ‘त्यसैले नेपाल सरकार समक्ष यथासिघ्र सहज वतावरण मिलाइदिन अनुरोध गर्दै गेसोका पदाधिकारीले पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेर ज्ञापन पत्र बुझाएको हो।’

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बेलायतमा बस्दै आएका भूतपूर्व गोर्खा सैनिक पनि पीडित रहेको विभिन्न सञ्चार माध्यमले जनाएका छन्।

भाइरसले सबैभन्दा जोखिम वृद्ध र बालबालिका हुने विश्व स्वास्थ्य संगठनले बताउँदै आएक छ। वृद्ध उमेरका गोर्खा भूतपूर्व र तिनका परिवारमा भाइरस सुरु भएदेखिनै बेलायतमा बसोवास गरेको गोर्खाहरुमा सन्त्रास छाएको थियो। यद्दपि बेलायत सरकारले सुरक्षाको उपाय अपाउदै वृद्दवृद्धा र बालबालिकालाई बाहिर जान रोक लगाएको थियो। त्यसको त्रासले अधिकांश वृद्धवृद्धा गोर्खा भुतपूर्व सैनिक घरभित्रै बस्न बाध्य भए।

गोर्खा भुतपूर्व सैनिक संघ (गेसो) ले गोर्खा भुपू र तिनका परिवारलाई करोनाको संक्रमणबाट बच्न सुरूमै उच्च सर्तकताका अपनाउन आब्हान गरेको थियो। गेसो सभापति कृष्णकुमार राईले विज्ञप्ति जारी गर्दै विश्वव्यापी कोरोना महामारीबाट बच्न घरमै सुरक्षित रहन बेलायतमा बसोवास गरेको गोर्खा परिवारलाई आब्हान समेत गरेका थिए।

गेसोले अति आवश्यक काम बाहेक बाहिर ननिस्कन र  निस्कनै परेमा अनिवार्य मास्क, पञ्जा र स्यानिटाइजर लगाएर समाजिक दुरी कायम राख्न सचेतना सहित अनुरोध गरेका थिए।

बेलायतमा २ लाख हाराहारी नेपालीको बसोवास  रहेकोमा भूतपूर्व गोर्खा परिवारको संख्या मात्रै लगभग २० हजारको सेरोफेरो छ।

समानता र न्यायको लागि गेसोले नेतृत्वमा गोर्खा भुपु सैनिकहरु सडक, सदन र अदालतमा विगत ३ दशक देखि संघर्ष गर्दै आएका छन ।

गैरआवासीय नेपाली संघ युकेका अनुसार कुल १५१७ नेपाली भाषि कोरोनाबाट संक्रमित भएकोमा १३५० निको भएको र ६७ जना मृत्यु भएको छ। जसमध्ये अधिकांश भूपू  गोर्खा सैनिक तिनका परिवार रहेका छन्।

प्रकाशित मिति: : 2020-07-13 17:58:24

प्रतिकृया दिनुहोस्