नेपालका ७७ मध्ये ६ जिल्ला कोरोना संक्रमणमुक्त

नेपालका ७७ मध्ये ६ जिल्ला कोरोना संक्रमणमुक्त भएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा उक्त जानकारी दिएका हुन्।

उनका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्ला गरी ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त भएका छन्।

देशभरका २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा ३ हजार ६ सय ४२  जनाको पिसिआर परीक्षण गर्दा ७० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

यो सँगै शनिबार दिउँसोसम्म १६ हजार ७ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ४३१  जना निको भएर डिस्चार्ज भएका छन्। यो सँगै अहिलेसम्म ८ हजार ४८२ जना संक्रमणमुक्त भएका छन्।

अहिलेसम्म संक्रमितमध्ये ५०.५ व्यक्ति निको भइसकेका छन् भने ३८ जनाले ज्यान गुमाएका छन्। 

अस्पतालका आइसोलेसनमा संक्रमित एक्टिभ केस ८ हजार २ सय ४९ रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: : 2020-07-11 16:36:15

प्रतिकृया दिनुहोस्