चीनले भन्यो– कजाकस्तानमा कोराेना भन्दा खतरनाक भाइरस

कजाकस्तानमा काेराेना भाइरस (कोभिड–१९) भन्दा पनि खतरनाक भाइरस रहेको चीनले दावी गरेको छ। कजाकस्तानस्थित चीनको दूतावासले यसको जानकारी दिँदै एउटा नौलो निमोनिया यो देशमा देखा परेको बताएको छ। 

चिनियाँ दूतावासका अनुसार यही जुन महिनामा मात्र यो भाइरसका कारण कजाकस्तानमा ६ सय बढी व्यक्तिको निधन भइसकेको छ। 

कजाकस्तानमा हालसम्म निमोनियाका कारण १७ सय ७२ जनाले ज्यान गुमाइसकेका छन्। चिनियाँ दूतावासको यो दावीलाई भने कजाकस्तानले अस्विकार गरेको छ। कजाकस्तान सरकारले चीनले दावी गरेको निमोनिया सामान्य भएको बताएको छ।

कजाकस्तानमा कोरोना भाइरसको ५४ हजार बढी संक्रमित भेटिएका छन्। जसमा २ सय ६४ जनाको निधन भएको छ।

प्रकाशित मिति: : 2020-07-11 07:05:47

प्रतिकृया दिनुहोस्