भारतमा काेराेना भाइरसकाे संक्रमण (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या साढे २१ हजार नाघेकाे पुगेछ।
शुक्रबार साँझसम्म मृतककाे संख्या २१ हजार ६५६ पुगेकाे हाे। यस्तै यहाँ सात लाख ९८ हजार १६१ जनामा काेराेना पुष्टि भएकाे भारतको संघीय मन्त्रालयले जनाएकाे छ।
त्यस्तै भारतमा निको भएर घर फर्किने संख्या चार लाख ९७ हजार ६९० रहेको छ। यहाँ अझै दुई लाख ७८ हजार ८०० भन्दा बढी संक्रमित रहेका छन्।
मन्त्रालयका अनुसार संक्रमितमध्ये ६२.४२ प्रतिशत व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन्। देशका १८ राज्यहरूमा सङ्क्रमित निको हुनेको राष्ट्रिय दरभन्दा औसत दर बढी रहेको बताइएको छ।
निको भएर घर फर्किनेको सङ्ख्या राष्ट्रिय तथ्याङ्कभन्दा बढी हुने राज्यहरू, पश्चिम बङ्गालमा ६४.९४ प्रतिशत, उत्तर प्रदेशमा ६५.२८ प्रतिशत, उडिसामा ६६.१३ प्रतिशत र मिजोराममा ६७.५१ प्रतिशत रहेकाे छ।
यता झारखण्डमा ६८.०२ प्रतिशत, पञ्जाब ६९.२६ प्रतिशत, बिहार ७०.४० प्रतिशत, गुजरात ७०.७२ प्रतिशत,मध्य प्रदेह ७४.८५ प्रतिशत र हरियाणा ७४.९१ प्रतिशत रहेकाे छ।
त्रिपुरा ७५.३४ प्रतिशत, राजस्थान ७५.६५ प्रतिशत, दिल्ली ७६.८१ प्रतिशत, चण्डीगढ ७७.०६ प्रतिशत, छत्तीसगढ ७८.९९ प्रतिशत, उत्तराखण्ड ८०.८५ प्रतिशत, लद्दाख ८६.७३ प्रतिशत र हिमाञ्चल प्रदेश ७४.२१ प्रतिशत रहेको छ।
त्यस्तै मृत्यु दर २.७२ प्रतिशतमा झरेको बताइएको छ। विभिन्न ३० राज्यमा मृत्युदर राष्ट्रिय तथ्याङ्कभन्दा कम रहेको छ।
राष्ट्रिय औसत तथ्याङ्क २.७२ प्रतिशतभन्दा कम हुने राज्यहरूमा मणिपुर, नागाल्याण्ड, मिजोराम, अन्दामान तथा निकोबार टापू, सिक्किम, त्रिपुरा, दादरालगायतका स्थान रहेका छन्।
सङ्क्रमण दर दुई प्रतिशतभन्दा बढी रहेका राज्यहरूमा राजस्थान, उत्तर प्रदेश, पञ्जाब, तामिलनाडू, जम्मू–कश्मिर, कर्नाटक, हरियाणारहेका छन्।
भारतमा विगत २४ घण्टामा दुई लाख ८३ हजार ६५९ शङ्कास्पद नमूनाको परीक्षण भएको छ। अहिलेसम्म एक करोड १० लाख २४ हजार भन्दा बढी व्यक्तिको कोराेना परीक्षण भएको छ।
भारतभर एक हजार २१८ कोभिड–१९ विशेष अस्पताल, दुई हजार ७०५ कोभिड–१९ विशेष स्वास्थ्य केन्द्र र १० हजार ३०१ सामान्य कोभिड उपचार केन्द्र स्थापना गरिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।