कोरोना भाइरसको संक्रमण पुनः फैलिएपछि हङकङको सबै स्कुल शुक्रबारदेखि बन्द गरिएको छ।
बिहीबार हङकङमा ४२ नयाँ संक्रमित थपिएका थिए। गत जनवरीदेखि हालसम्म १ हजार ३ सय ६६ संक्रमित हङकङमा देखिएका छन्, जसमा ७ जनाको निधन भएको छ।
हङकङ कोरोना भाइरसलाई नियन्त्रणमा राख्ने धेरै कम देशहरूको सूचीमा पर्छ। यसै कारण हङकङले छिट्टै स्कुल खोल्ने निर्णय गरेको थियो।
तर, समाजमा कोरोना संक्रमण बढ्ने खतरा देखिएपछि सरकारले शुक्रबार बालबालिका, निम्न माध्यमिक तथा माध्यमिक तहको स्कुल बन्द गर्ने निर्णय गरेको हो।
स्वास्थ्य संस्थाका अनुसार शा टिनस्थित एउटा बुढाबुढी बस्ने केयर होममा संक्रमित फेला परेका हुन्।