आइतबार, १३ जुलाई २०२५

पछिल्लो २४ घण्टामा २६० जनामा कोरोना संक्रमण पुष्टि

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौँ
2021-12-24 16:07:00
File Photo
• • •

पछिल्लो २४ घण्टामा २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा गरिएको ११ हजार ८९८ जनाको परीक्षणमा सो संक्रमित थपिएका हुन्।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ८ हजार ६० जनाको नमुना परीक्षणमा २३७ जना र एन्टीजेन विधिबाट ३ हजार ८३८ जनाको परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो। सो अवधिमा ३४९ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख १० हजार २७१ पुगेको छ।

बितेको २४ घण्टामा थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५८२ जना पुगेको मन्त्रालयले जनाएको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४८ जना रहेको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?