गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नयाँ संक्रमितहरूमा तनहुँका आठजना, नवलपरासी (बर्दघाट सूस्तापूर्वमा) दुई, पर्वत, बागलुङ र गोरखामा एक/एकजना छन्।
पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा १० र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा तीनजनामा कोभिड-१९ पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
नयाँ संक्रमितहरूलाई सम्बन्धित जिल्लाहरूमा आइसोलेसनमा उपचारका लागि लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारि दिएका छन्।
योसँगै गण्डकीमा कूल संक्रमित ११६२ पुगेका छन्। हालसम्म ६३३ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।