चन्द्रागिरीबाट सुनले लेखिएका धार्मिक ग्रन्थ बेच्न खोज्ने ६ जना पक्राउ

काठमाडौंको चन्द्रागिरी नगरपालिका १५ ढुंगेअड्डाबाट सुनौला धार्मिक ग्रन्थका पानासहित ६ जना पक्राउ परेका छन्। 

बुधबार लेलाम भाषामा लेखिएका सुनौला प्राचिन बुद्ध धर्मग्रन्थ पाँच करोडमा बिक्रीका लागि मोलमोलाई गरिरहेको सूचना पाएपछि महानगरीय प्रहरी वृत थानकोट र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेकाे हाे। 

पक्राउ पर्नेमा खोटाङ दिक्तेल नगरपालिका ४ का ३२ वर्षीय गेहेन्द्र सिंह आत्रय, काभ्रे पाँचखाल नगरपालिका ३ का ४२ वर्षीय जनक गिरी, ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका १ का ३१ वर्षीय सुवासकुमार बस्नेत, ओखलढुंगा सुनकोशी गाउँपालिका २ का २२ वर्षीय हरिबहादुर लामिछाने, काठमाडौं तारकेश्वर नगरपालिका ११ का ६४ वर्षीय राजेन्द्रबहादुर जोशी र नुवाकोट ककनी गाउँपालिका ८ का ३४ वर्षीय रोशन तामाङ छन्।

प्रहरीका अनुसार उनीहरुलाई १६ वटा सुनौला धार्मिक ग्रन्थका पानासहित पक्राउ गरिएकाे छ।

नियन्त्रणमा लिइएका उनीहरुमाथि थप अनुसन्धान भइरहेकाे छ।

प्रकाशित मिति: : 2020-07-09 18:05:17

प्रतिकृया दिनुहोस्