कञ्चनपुरमा बालिकाको शव फेला

बिएल संवाददाता

भीमदत्तनगर

कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ का १४ वर्षीया बालिका नेहा सुनारको शव आज बिहान स्थानीय खोलामा भेटिएको छ।

 बुधबार साँझ स्थानीय खोलामा हराएकी बालिका सुनारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए। 

प्रहरीले बालिकालाई कुटपिट गर्दै खोलामा धकेलेको हुनसक्ने आँकलनसहित थप अनुसन्धानका लागि बालिकाका सहोदर दाजु ३४ वर्षीय भरत सुनारलाई नियन्त्रणमा लिएको छ।

बालिकासँगै उनीका दाजुसँगै खोलामा नुहाउन गएको बताउदैं उनले भने, 'खोज्दै हिँडेका भरतले आवेगमा आएर कुटपिट गर्दै खोलामै धकेलेको जस्तो देखिन्छ।'

घटनाको विस्तृत अनुसन्धान भइरहेको र बालिकाको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको उनले जानकारी दिए। 

प्रकाशित मिति: : 2020-07-09 13:01:16

प्रतिकृया दिनुहोस्