कर्णाली प्रदेशको बजेट सर्वसम्मत पारित

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि प्रस्तुत गरेको बजेट पारित भएको छ। 

प्रदेशसभाको बुधबार बसेको बैठकले आर्थिक वर्ष ०७७/०७८ का लागि ३३ अर्ब ७३ करोड १३ लाख ५३ हजारको बजेट सर्वसम्मत पारित गरेको हो।

कुल बजेटमध्ये पुँजीगत खर्च ५७ प्रतिशत, चालु खर्च ३४ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ ९ प्रतिशत विनियोजन गरिएको छ।

मुलुकको करिब २१ प्रतिशत भूगोल, ६ प्रतिशत जनसंख्या र चालू आर्थिक वर्षमा मुलुकको कुल गार्हस्थ उत्पादनमा कर्णाली प्रदेशको योगदान करिब ४.३ प्रतिशत योगदान रहेको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए।
 

प्रकाशित मिति: : 2020-07-08 15:56:17

प्रतिकृया दिनुहोस्