बारामा उपभोक्ता समिति गठनमा विवाद हुँदा झडप, ६ भन्दा बढी घाइते

बारामा उपभोक्ता समिति गठनमा विवाद हुँदा झडप भएकाे छ।

जितपुरसिमरा उपमहानगरपालिका २४ हरपुरमास्थित दुधौरा खोलामा ड्याम निर्माणका लागि प्रदेश सरकारबाट आएको बजेटको काम गर्न उपभोक्ता समिति गठन गर्ने क्रममा विवाद हुँदा झडप भएकाे हाे। 

झडपमा ६ जना घाइते भएका छन्। घाइतेहरुलाई अस्पताल लगिने काम भइरहेको बारा प्रहरीले जनाएको छ। तर घाइतेहरुको यकिन विवरण आउन बाँकी रहेको बारा प्रहरीका प्रवक्ता गौत्तम मिश्रले जानकारी दिए।

कोभिड–१९ संक्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले हाल कुनै पनि समति,सेमिनार,भेला गर्न रोक लगाएकाे छ।

तर बजेट सिध्याउन स्थानीय तथा नेताहरुले ड्याम निर्माणको लागि उपभोक्ता समिति गठन गर्न लागेको प्रति बाराका बुद्धिजिविहरुले नकारात्मक रुपमा लिएका छन् ।

प्रकाशित मिति: : 2020-07-08 11:25:12

प्रतिकृया दिनुहोस्