चीनमा यात्रु बस तालमा खस्दा कम्तिमा २१ जनाको ज्यान गएको छ भने अरु १५ जना घाइते भएका छन्।
उक्त बस मंगलबार कुसाओँ प्रान्तको एन्शुनमा दुर्घटनामा परेको हो।
दुर्घटनामा बस चालकको पनि मृत्यु भएको छ। बसमा कति मानिस थिए र त्यसमध्ये कति विद्यार्थी हुन् भन्ने स्पष्ट भएको छैन।
तर बसमा अधिकांश परीक्षा दिनका लागि जाँदै गरेका हाइस्कूल तहका विद्यार्थी चढेका थिए।
बाटो किनारमा रहेको रेलिङ्गमा ठोक्किएपछि बस तालमा खसेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन्।
दुर्घटनाको कारण खुलेको छैन। अनुसन्धान भइरहेको स्थानीय अधिकारीले बताएका छन्।