महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुबाट बानेश्वर सरेको छ। नयाँ भवन निर्माण सुरु भएकाले अस्थायी रुपमा महाशाखाको कार्यालय बानेश्वर सरेको हो।
महाशाखा प्रमुख एसएसपी दिपक थापाले दुई वर्षका लागि बानेश्वरमा रहेको नेपाल कमर्स क्याम्पसको पश्चिमतर्फ सरेकाे बताए ।
काठमाडौं प्रहरीको भवन भद्रकालीमा बन्दैछ।
काठमाडौं प्रहरी परिसर मातहत ‘केरकार शाखा’ को रुपमा सुरु भएर महानगरीय अपराध अनुसन्धान महाशाखासम्म आइपुगेको युनिट अब छुट्टै अधिकार सम्पन्न निकायको रुपमा खडा भएको छ।
केरकारबाट उपत्यका अपराध अनुसन्धान समूह हुँदै ०५० सालमा तत्कालिन प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रबहादुर सिंहको कार्यकालमा ‘उपत्यका अपराध अनुसन्धान शाखा’ गठन भएको थियो। पछि १ मंसिर ०६३ मा महाशाखाका रुपमा स्तरवृद्धि भए पनि यो युनिट प्रहरी परिसरसँगै आश्रित थियो।